२ पुस २०८२, बुधबार | December 18, 2025

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा



काठमाडौं । मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिइएको थियो । बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले यस वर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ ।

यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बता ए।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री राजविराज पुगिसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ५४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल