२० असार २०८३, शनिबार | July 4, 2026

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा



काठमाडौं । मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिइएको थियो । बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले यस वर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ ।

यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बता ए।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री राजविराज पुगिसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ५४ बजे

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना