५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

आनन्दराज बतास र बतास अर्गनाईजेसनको मानमर्दन गरियो : वाणिज्य संघ काठमाडौँ



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ ।

संघले बुधबार विज्ञप्ति निकालेर आनन्दराज र बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।

संघले जारी गरेको विज्ञप्ति :

व्यवसायी श्री आनन्द राज बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरु मार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको छ ।

नारायणहिटी दरवार संग्रहालयमा नेपाल सरकारले टेण्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाण रहित विभिन्न तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस यस संघले गरेको छ ।

एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरित भएको गतिविधि माथि राज्यले यथासिघ्र छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही र पिडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गरिदिनका लागी यस संघले सम्बन्धित निकायहरुलाई संवेदन हुन अनुरोध गर्दै यथासिघ्र यो प्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराउन चाहन्छौ । एक तर्फी रुपमा विना अपराध व्यवसायी माथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हुने कुरामा हामी गम्भीर चिन्ता प्रकट गर्दछौ । यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायी माथि एक तर्फी रुपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाउदै गरेमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृधिको विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने छ भनि सम्पूर्ण सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ ।

दिनेश श्रेष्ठ
अध्यक्ष नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १ : ५६ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा