११ कार्तिक २०८३, बुधबार | October 28, 2026

छानबिन समितिले प्रतिवेदन बुझायो तर हामीसँग केही सोधपुछ नै गरेन : आनन्दराज बतास



काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिइ रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु [बतास समूह] सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ ।

‘जाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि ! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइनर ? न्युज कारखानासँगको कुराकानीमा बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।’

नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिनरक्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे ।

‘समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा कसैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौं र हाल्यौं । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौ,’ उनले भने ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ०८ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको