४ पुस २०८२, शुक्रबार | December 20, 2025

डेढ करोडको लगानीमा भैरहवामा खुल्यो ‘द ग्राण्ड किचन’



भैरहवा । भैरहवामा ‘द ग्राण्ड किचन’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथमा करिब डेढ करोडको लगानीमा होटल सञ्चालनमा आएको हो ।

होटलमा नेपाली, इण्डियन खानाका साथै २५ प्रकारको कफीको स्वाद लिन पाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

भैरहवा क्षेत्रमा रहेका कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै होम डेलीभरीको व्यवस्था समेत गरिएको द ग्राण्ड किचनका सञ्चालक उमेश आचार्यले बताए । पारिवारिक वातावरणमा विभिन्न परिकारका स्वादको आनन्द लिन सकिने उनले बताए ।

यसको साथै बालबालिकालाइ लक्षित गरि “किड्स मेनु”, हरेक शनिबार बिहानको नास्ता, हरेक शुक्रबार ” ह्यप्पी हावर” लगायतको सुविधाहरु ग्राहकले लिन सक्ने आचार्यले बताए । होटलमा हाल बिहान ११ बजेदेखि राती ९ बजेसम्म सेवा प्रदान गरिने उनले जानकारी दिए । होटलमा पुस्तकालयको समेत व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै होटलमा शाकाहारी खाना २ सय ५०, चिकन खाना ३ सय ५० र मटन खाना ४ सय रुपैयाँ रहेको होटलका अर्का सञ्चालक राजु रिजालले बताए । होटलमा कन्फ्ररेन्स हलको समेत व्यवस्था रहेको रिजालले जानकारी दिए ।

यसको साथै यस क्षेत्रमा कार्यक्रम गर्नको लागि ५० जना सम्म अट्ने सभाहलको ब्यवस्था समेत रहेको अर्का सन्चालक राजु रिजालले जनाए ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको