६ श्रावण २०८३, बुधबार | July 22, 2026

पोखरामा आहा रारा गोल्डकपको २०औं संस्करण सुरु



काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् ।

१० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन् । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भने ।

हाल नेपालमा समेत कोभिड(१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण बढ्दै गए पनि गण्डकी प्रदेश सरकारले प्रतियोगिता बन्द रंगशालामा गराउन निर्देशन दिएको थियो ।

यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगितालाई चाडपर्वको रूपमा लिएको र विदेशमा रहेका नेपाली आएर प्रतियोगिताको रौनक बढाएकोमा धन्यवाद दिए । ‘यस फुटबल प्रतियोगितालाई चाडपर्वका रूपमा लिएको छु । अष्ट्रेलिया, हङकङदेखि सपरिवार आएर पर्वका रूपमा हेर्नुभएको छ । धन्यवाद र नमन गर्न चाहन्छु,’ उनले भने ।

जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण समाप्त भएसँगै लिग रोकिएको छ । नेपाल राष्ट्रिय टोलीले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । यो सँगै लिगले विश्राम पाएको छ भने मोफसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ ।

उद्घाटन सत्रमा बोेल्दै अध्यक्ष कर्माले प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा ६ महिनाअघि नै तोक्ने र प्रतियोगिता आयोजना गर्न र एकेडेमी सञ्चालनमा एन्फाले प्रत्यक्ष रूपमा सहभागिता जनाउने प्रतिबद्धता जनाए । ‘व्यावसायिक एकेडेमी आयोजना सुरु गर्नुस् । तपाईहरुको एकेडेमीमा एन्फाको पनि प्रत्यक्ष सहभागिता रहनेछ । प्रतियोगिता आयोजना गर्ने मात्रै हैन सफल टिम हुनेमा विश्वास लिन्छु । एन्फाले सहयोग गर्छ । प्रतियोगिता २० वर्ष मात्रै हैन । एक सय वर्ष आयोजना होस् सफल रहोस् कामना,’ उनले भने ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : ४१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको