६ श्रावण २०८३, बुधबार | July 22, 2026

पानीमाथि वडा कार्यालय, बोटिङको आनन्दसँगै नागरिकले पाए सेवा



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

तिलोत्तमा नगरपालिकाले(११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।

वडा कार्यालयको एक समारोहका बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो ।

करिब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का समझौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदिप वनले जानकारी दिए ।

यसले सेवा प्रवाह मात्र नभै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख वासुदेव घिमिरेले बताए । ुअब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्,ु उनले भने ।

वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकहरुको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा कार्यालय भवन निर्माण गरिएको हो । ुकार्यालयमा आउने सेवाग्राहरूबाट आन्तरिक पर्यटनको पनि प्रवर्द्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङ समेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्‍याउँछ,ु उनले भने ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ३४ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय