६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा



काठमाडौं । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो ।

एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।

६०औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए । हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ४१ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका