६ श्रावण २०८३, बुधबार | July 22, 2026

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा



काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ । बुधबार बिहान अचानक सेवा अवरुद्ध हुँदा विश्वभरका करोडौं प्रयोगकर्ता प्रभावित भएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब एक घण्टासम्म सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो । सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार समस्याबारे दुई लाखभन्दा बढी प्रयोगकर्ताले गुनासो दर्ता गरेका थिए ।

समस्या मुख्य रूपमा अमेरिकालगायत केही देशमा देखिए पनि विश्वभरका प्रयोगकर्ताले छोटो समयका लागि सेवा प्रयोग गर्न नसक्ने अवस्था आएको थियो । भिडियो प्ले नहुने, एप तथा वेबसाइट लोड नहुने जस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका थिए ।

करिब एक घण्टापछि सेवा क्रमशः सामान्य अवस्थामा फर्किएको र हाल पूर्ण रूपमा सञ्चालनमा रहेको जनाइएको छ । यद्यपि, सेवा अवरुद्ध हुनुको ठोस कारणबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं