१८ माघ २०८२, आइतबार | February 1, 2026

मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार



पोखरा । गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेकाे गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकाेमा मेडिकल कलेज सञ्चालनकाे तयारी गरिरहेकाे हाे ।

रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरु मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउदै लैजानुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रश्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

प्रस्तावित ठाउँमा ५ सय २९ रोपनी जमिन छ । सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ती प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ । कम्तिमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए ।

तर, प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव । हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन् । ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए ।

समितिले सरुवा रोग अस्पताललाई ५ सय शैयाको अस्पताल बनाएर मेडिकल कलेजको रुपमा सञ्चालनकाे सुझाव दिएको छ ।

प्रारम्भिक अध्ययनका क्रममा तत्काल ३ सय ५० वेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मृगौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको संक्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव गरिएकाे छ । बाँकी ३ सय बेडमा विरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ । यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएकाे छ । अस्पताल सञ्चालनपछि वर्षेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ०३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन