९ चैत्र २०८२, सोमबार | March 23, 2026

‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किए कर्णालीका मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै रु’ भन्दै सडकमा निस्किएका हुन् ।

मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेका छन् । ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौं,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौं ।’

कोरोना विरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका थिए । ‘तपाईंहरुले खोप लगाउनु भएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’ उनले सडक भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढी संक्रमित बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘यो जटिल परिस्थिति हो ।’

निर्देशनालयकाअनुसार सुर्खेतमा ३६० जना, सल्यानमा एक सय, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा एक, रुकुम पश्चिममा ३७, जुम्लामा ६ जनामा र हुम्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : १३ बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति