४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : देशका अधिकांश भागमा वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ । आज बिहान गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ ।

आज बिहानैदेखि गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउसो गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहनेछ । यी चारै प्रदेशका केही स्थानमा हल्का र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ ।

आज राति पहाडी भू-भागमा मौसम बदली रहने छ भने प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने आज राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : २१ बजे

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया