४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्लामा चौथो पटक हिमपात, चिसोले जनजीवन कष्टकर



सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ ।

सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ ।

हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ । हुम्लामा याे वर्ष हालमम्म चाैथाे पटक हिमपात भएकाे हाे ।

उत्तरी हुम्लाको जनजीवन थप कष्टकर

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । यस क्षेत्रमा बाक्लो हिमपात भएको हुँदा यहाँको जनजीवन कष्टकर बनाएको हाे ।

हिमपातले पशुचौपायलाई चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । यहाँ चिसो अत्यधिक हुन्छ । चौरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन् ।

सिमकोटमा एसइई ट्युसन पढ्ने विद्यार्थी थप सकसमा

सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे टिउसन पढ्दै आएका विद्यार्थी चिसोले थप मारमा परेका छन् ।

बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको हाे । हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।

 

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको