११ भदौ २०८३, बिहिबार | August 27, 2026

कांग्रेसको संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक, बिस्तृत काठमाडौंमा सार्वजनिक गरिने (पूर्णपाठ)



नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा पुगेर आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन्।

कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजन समेत सार्वजनिक गरिएको हो । कांग्रेसले ‘हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ’ लिपिबद्ध गरेको स्पष्ट पारेको छ।

कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ । जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ।

कांग्रेसले आज ४ पृष्ठको १० बुँदे संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार बिस्तृत प्रतिज्ञा पत्र भने कांग्रेसले काठमाडौँ आएर सार्वजनिक गर्ने छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५३ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०