६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

गद्दी बैठक सर्वसाधारणका लागि खुला र विशेष प्रदर्शनी स्थगित



काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दी बैठकको तल्लो तलामा शुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित गरिएको छ ।

समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनस्र्थापनाका विभिन्न घटनाक्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि गत शुक्रबार रातिदेखि सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । सङ्ग्रहालयसमेत बन्द भएकाले अर्को सूचना नभएसम्मका लागि एकीकरणदेखि लोकतन्त्रसम्मका सामग्रीको प्रदर्शनी पनि स्थगित गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले बताए ।

यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी थियो । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालय तयारी गरेको थियो ।

पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो । गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । रासस

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  २ : ०२ बजे

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

भोजपुर । यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको

कांग्रेसको संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक, बिस्तृत काठमाडौंमा सार्वजनिक गरिने (पूर्णपाठ)

नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा पुगेर आफ्नो चुनावी घोषणा

‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने

लोकतन्त्रका आधार नै युवा पुस्ता हुन् : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ