२० मंसिर २०८२, शनिबार | December 7, 2025

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै



काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल-भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता मंगलबार खारेज हुने भएको छ ।

मंगलबार बस्ने पशुपति क्षेत्र विकास कोषको बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतले जनाएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड रूपैयाँ लगानीमा बनेको ‘नेपाल-भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न बतास समूहसँग भएको सम्झौता रद्द हुन लागेको हो ।

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो । प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो ।

उक्त समितिले सम्झौता गैरकानुनी भएको जनाउँदै ठेक्का सम्झौतामै मिलेमतो भएको समेत दाबी गरेको थियो। नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनले देखाएको थियो । बोलपत्र प्रस्ताव गर्दा अन्य कम्पनीलाई फेल गराउन दान, दातव्य, सामाजिक कार्यमा तीन करोड रूपैयाँ खर्च गरेको हुनुपर्ने सर्त उल्लेख गरिएकाले सम्झौतामा मिलेमतो भएको हुन सक्ने छानबिन समितिले ठहर गरेको थियो ।

सम्झौताको मापदण्ड नै बतासलाई दिने गरी कायम गरेपछि मिलेमतो भएको हुनसक्ने प्रविदेशनले देखाइसकेकाले सम्झौता रद्द भएपछि थप छानबिन अगाडि बढ्नेसमेत स्रोतले जनाएको छ । बतास समूसहसँग सम्झौता गर्दा र मापदण्ड तय गर्दा पदीय दायित्व निर्वाह नगर्ने, कोषलाई हानि-नोक्सानी पुर्‍याउने र अनधिकृत सम्झौता कानुनसम्मत भनेर सञ्चार माध्यममा प्रवाह गर्नेलाई कारबाही गर्न प्रतिवदेनले सिफारिस गरे पनि हालसम्म कुनै कारबाही अघि बढेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफैंले धर्मशालाको निरीक्षण गरेर प्रतिवेदनले देखाएका दोषीलाई कारबाही गर्ने बताएका थिए ।

१९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहमाथि नियमित भाडासमेत नबुझाएको आरोप छ । सम्झौता रद्द भएपछि धर्मशालामा स्वीकृतिबिना थप संरचना निर्माण भत्काइने र विभिन्न कार्यालयलाई भाडामा दिइएका बाह्य कम्पनीका कार्यालयसमेत हट्ने भएका छन् ।

बतास समूहले धर्मशालामा सम्झौताविपरीत बेड संख्या, बेडरुमको दररेट सम्झौताभन्दा धेरै बढी राखेर व्यापार गरिहेको निरीक्षणका क्रममा खुलेको थियो । उक्त समूहले वर्षमा १ करोड ५ लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा बतास समूहसँग सम्झौता भएको थियो । सम्झौतामा तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र बतास समूहका ओस्कार बतासले हस्ताक्षर गरेका थिए ।

राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्रभुत्व जमाइरहेको बतास समूहले धर्मशालाभित्र साउना, बाथटव, जिमहल, आरोग्य केन्द्र, सभाहललगायत थुप्रै संरचना निर्माण गरिरहेको थियो । त्यहाँ बस्दा तीर्थालु एवं धार्मिक पर्यटकसँग १ रातको ११ हजार रूपैयाँसम्म कोठा भाडा लिने गरिएको थियो । आजको नागरिक दैनिकमा मिनराज भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : ३४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल