६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

सुध्रिएन नेपालमा भ्रष्टाचार, भ्रष्टाचार गर्ने मुलुकमा नेपाल ११७ नम्बरमा



काठमाडौं । विश्वमानचित्रमा नेपालले यस वर्ष पनि भ्रष्टाचार हुने मुलुकमै रेकर्ड बनाएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल नसुध्रिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रेकर्डले पुष्टि गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सुचकांक अनुसार यस वर्ष पनि नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो ।

‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार, डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ।

टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ५३ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको