२ श्रावण २०८३, शनिबार | July 18, 2026

पूर्व डिआईजी महेशविक्रम शाह सहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं । चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चारजनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट विशेष अदालतमा दायर भएको सोही मुद्दामा तालिमकेन्द्रका लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई विशेष अदालतले दोषी ठहर गर्दै उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको छ।

पूर्वडीआईजी शाहसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको अख्तियारले आरोप लगाएको थियो।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६.८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी खाएको पुष्टि भएको अख्तियारको आरोप थियो।

अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले अख्तियारको आरोपलाई पुष्टि गर्दै उनीहरु विरुद्ध फैसला सुनाउको हो।

खख्तिायारले कोलेनिकाका लेखापाल बिशंखेलाई प्रहरी तालिम केन्द्रको हिनामिना देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरू लुकाएको आरोप लगाएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ३७ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई