६ श्रावण २०८३, बुधबार | July 22, 2026

रूपन्देहीको देवदहमा फेला परेको शवको हत्या भएको प्रारम्भिक निष्कर्ष



बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो फेला परेको महिला र बालिकाको शव हत्या पछि फालिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । शव बरामद पछि शवको प्रकृति मुचुल्काबाट हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो । आज अपरान्ह एक महिला र बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको जानकारी दिए । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । हत्या गरिएका महिला र बालिकाको यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन । महिला अन्जादी ३० वर्ष र बालिका ७ वर्ष जतिको रहेको प्रहरीले अनुमान गरेको छ ।

शव भेटिएको स्थानमा अन्य कुनै दसी प्रमाण फेला नपरेका कारण शवको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । १०÷१२ घण्टा अघिको आसपासमा हत्या गरेर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी मनोज कुमार केसीले बताए ।

मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालिका तराई मूलका जस्तो देखिन्छन । ‘प्रहरीका सबै युनिटहरुमा फोटो सहित विवरण पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए ।

अघिल्लो महिना लुम्बिनीको मायादेबी मन्दिरको पछाडी फेला परेको युवतीको शवको पनि अहिले सम्म सनाखत हुन सकेको छैन । पछिल्लो समय रुपन्देहीको देवहवमा अपराधिक घटना धेरै हुन थालेको छन् । उनीहरुको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : २१ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना