६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न हिँडेका प्रदेश सभा सदस्य र जनप्रतिनिधि सवार स्कारपियो दुर्घटना, तीन जना घाइते



बुटवल । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान गर्ने घाेराही जादै गरेका लुम्बिनी प्रदेश सभाका सदस्य चढेकाे स्कार्पियो दुर्घटनामा परेको छ ।

बुधबार बिहान साँढे ८ बजेतिर पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबाङको विचमा प्रदेश सभा सदस्य चढेको चढेकाे  बा २ झ ३४४४ स्कारपियो र सुदुरपश्चिम- ०१-००-११ १ ख २५८४ नम्बरको ट्रक ठाेक्किएकाे हो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाडीमा सवार लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरी, गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी र उपप्रमुख शान्ता ज्ञवाली घाइते भएका छन् ।

दुर्घटनामा परि प्रदेश सभा सदस्य चौधरीको हात भाँच्चिएको छ । अन्य दुई जनालाई सामान्य चोट मात्रै लागेको गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले जानकारी दिए । उपचार पश्चात् मतदानका लागि घोराही तर्फ हिँडेको अध्यक्ष चौधरीले बताए ।

 

 

 

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ४९ बजे

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार