६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु



सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० बर्षीय टङक गुरुङ, २८ बर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा बर्जु गाउँपालिका-१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् ।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उनले बताए । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए ।

दुर्घटनामा घाइतेका भएकालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ६ : १९ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका