१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ब्रिटिस कलेजले दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गर्यो



काठमाडौ । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१र२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी ९हन्स० कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् ।

छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुबै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन्। जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।

छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै ढकालले भनिन्, ‘विश्वस्तरिय कलेजबाट छात्रवृत्ति पाएर सम्मानित हुन पाउँदा म साँच्चै खुसी छु ।

म जस्ता विद्यार्थीहरुमा सम्भावना देखेकोले टीबीसीप्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु । अब म यो प्राप्त अवसरलाई सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्न चाहान्छु ।’ त्यस्तै, सम्मानित अर्का विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गरिन् । ‘यस्तो प्रख्यात अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन पाउँदा म निकै कृतज्ञ छु र यो प्राप्त अवसरको सदूपयोग गर्नेछु।’ लामाले भनिन् ।

कलेजका कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले ओएचसीटी छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेकी छिन् ।

यसबारेमा उनले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिको लागि फण्ड प्राप्त गर्न पाउँदा खुसी छौं। हामी हाम्रा पाठ्यक्रमहरु मार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौं र आवेदनहरुको संख्या र गुणस्तरबाट प्रभावित पनि भएका छौं । दावा लामा तामाङ र रोशना ढकाललाई हार्दिक बधाई तथा पढाइमा सफलताको कामना गर्दछौं।’

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५६ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल