८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

नेपाल बार एसोसियसनको लगातारको आन्दोलनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज दिउँसो २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।

कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ४५ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।