६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कांग्रेसद्वारा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

कांंगेसको आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका हुन् ।

केन्द्रीय समितिको ठूलो हुँदा महत्वपूर्ण निर्णय गर्न समस्या भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरुलाई राखिएको छ ।

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहेका छन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह पनि कार्यसम्पादन समितिमा समेटिएका छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही कार्यसम्पादन समिति सदस्य बनेका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ०६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का