३१ भदौ २०८३, बुधबार | September 16, 2026

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च



रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन्। मतदाता भेटघाटका लागि पुगेका प्रचण्डलाई सिस्ने(८, धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका हुन् ।

बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरे । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका छन्।

रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरे ।

जनभेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक तर शक्तिशाली भएको बताए
। उनले सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउँदै सहिद र परिवारजनप्रति सम्मान व्यक्त गरे। उनले सहिद परिवारलाई सम्मान समेत गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ११ : ३० बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०