७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठकल शनिबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ । आगामी निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने एक नेताले बताए । साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान छलफल गरेका थिए । तीन नेताबीच छलफल भएपछि शनिबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ५१ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी