७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

२० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपीफएलाई



पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराउँदै एपिएफले पहिलो पटक आहा रारा गोल्डकप उपाधि जितेको हो।

निर्धारित समयको र अतिरिक्त सयमको खेल २-२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा ओलावाले हाफिज गोल गर्न चुकेपछि मनाङ सातौं पटक उपाधि जित्नबाट वञ्जित भयो । उनको प्रहार एपिएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।

पेनाल्टीमा एपिएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोमले गोल गरे । यता, मनाङका फ्रेंकलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

खेलमा अग्रता विभागीय टिमले लियो । २० औं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ६ मिनेट अघि फ्रेंकलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेलालाई अतिरिक्त समयतर्फ लगेका थिए ।

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ३६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का