७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

श्रीमतीको उपचार अभावमा काठमाडौंमा छटपटाउँदै मुगु ७१ वर्षीय मान्ते शाही



मुगु । मुगुको सोरु गाउँपालिका(४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न काठमाडौंको पाटन अस्पताल आए ।

६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उनी उपचार गर्न काठमाडौं आएका हुन् ।

तर, यतिबेला उनले बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही उनको उपचारका लागि हात थापिरहेका छन् ।

गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौं आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ ।
दमकी बिमारी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहेकी छन् । उनी औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरहेका छन् ।

‘रुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्‍यो त्यो औषधि किन्नु पर्‍यो भन्नु हुन्छ,’ उनले भने । उनले अस्पताल बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुच्नु बाहेक आफूसँग अन्य विकल्प नरहेको बताएका छन् ।

उनले आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताएका छन् । उनी बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगे । केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बसे । उनले त्यही श्रीमतीको उपचार गरे ।

काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेका उनी श्रीमतीसहित काठमाडौं पुगे । उनका आफन्तले पाटन अस्पताल पुर्‍याएर भर्ना गरिदिए । तर, यतिवेला उनलाई आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।

पाटन अस्पतालको तीन तलामाथि आइसियू रुमको ७ नम्बर बेडमा उनकी श्रीमतीको उपचार भइरहेको छ । वृद्ध शाहीको शरीरलाई तीनको दर्जनौं पटक तलमाथि गर्न पनि सकस छ ।

चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौंमा ज्यालामजदुरी गर्दै आएका उनका छोरी ज्वाइँ पनि अस्पतालमै छन् ।

उनीहरूसँग पनि पैसा छैन । भएको पैसा दिएका उनीहरूलाई पनि अब उपचार खर्च कसरी जुटाउने भन्ने समस्या छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही अस्पताल पुगेका छन् । घरमा भएको पैसा बोकेर आएका उनीसँगको पैसा पनि सकिएको छ । उनले गह भर्दै अब आमालाई कसरी बचाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : ५० बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का