८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व इतिहासमा आजः इतिहासमै डरलाग्दो समुद्री दुर्घटनादेखि गान्धीको हत्या भएको त्यो कालो दिन



काठमाडौं । आज सन् २०२२ को ३० जनवरी । सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए ।प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः

पहिलो कम्प्युटर भाइरस

सन् १९८२ मा पहिलो क्रम्प्युटर भाइरस सार्वजनिक भएको थियो, जसलाई एल्क क्लोनर नाम दिइएको थियो । १५ वर्षीय रिचार्ड स्क्रेन्टाले एउटा व्याबहारिक जोकका रुपमा एल्क क्लोनर बनाएका थिए ।

ब्लडी सन्डे

बोगसाइड नरसंहारसमेत भनिने उत्तरी आयरल्यान्डको बोगसाइड क्षेत्रमा सन् १९७२ को ३० जनवरीमा सेनाको गोली लागेर १३ निशस्त्र नागरिकहरुको ज्यान गएको थियो । आईबार रक्तपात भएको सो दिनलाई ब्लडी सन्डे भनिन्छ ।

इतिहासमै डरलाग्दो समुद्री दुर्घटना

सन् १९४५ मा इतिहासमै डरलाग्दो समुद्री दुर्घटना भएको थियो । दोस्रो विश्वयुद्धको समयमा सोभियत पनडुब्बीले जर्मनीको सेनाको समुद्री जहाज विलहेम गस्टटोल्फलाई डुबाइदिएको थियो । ३० जनवरीमा बाल्टिक सागरमा सोभियत पनडुब्बी एस १३ ले जर्मनी सेनाको विलहेम गस्टलोफलाई डुबाइदिएको थियो । दुर्घटनामा ९ हजार ४०० जनाको मृत्यु भएको थियो ।

गान्धीको हत्या

आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो । सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी विश्वका महापुरूषहरुमध्ये एक हुन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो । गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।

एडोल्फ हिट्लर जर्मनीका चान्सलर

सन् १९३३ को ३० जनवरीमा एडोल्फ हिट्लर जर्मनीको चान्सलर बनेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको