७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर



उदयपुर । बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो ।

चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन ।

चिसो हावा र बाक्लो हुस्सुले गर्दा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण अन्धकारमय जस्तै देखिने गरेको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन् ।

अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तु जंगल चराउन लैजान समस्या भइरहेको त्रियुगा नगरपालिका– ३ चाँपका जीतबहादुर तामाङले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ४८ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा