४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्थगित पुलिस र च्यासलको खेल शनिबार



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ ।

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

लिगमा खराब समयबाट गुज्रिरहेका दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । आठ खेलबाट पाँच अंक जोडेको च्यासल यो खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ । यस्तै, समान खेलबाट सात अंक जोडेको पुलिस पनि तालिकमा माथि उठ्नका लागि जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

खेलाडीमा कोभिड संक्रमण देखिएर स्थगित भएको जारी लिगको यो पहिलो खेल हो । नवौँ चरण सकिँदा लिग तालिकाको शीर्ष स्थानमा मछिन्द्र फुटबल क्लबले चार अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलको १९ तथा तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १७ अंक छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको