२२ भदौ २०८३, सोमबार | September 7, 2026

बढ्दै अनलाइन जुवाको जालो



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ ग-यो । काठमाडौं महानगरपालिका-६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् ।

दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्‍टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ । मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको जनाएको छ ।

यही माघ ११ गते पनि काठमाडौंको ठमेलबाट अनलाइन जुवा सञ्चालन गर्ने बागलुङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह पक्राउ परेका थिए । सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनीहरूका साथबाट एक लाख ५५ हजार नगद र लाखौँका बैङ्क भौचर तथा चेक बरामद गरेको थियो । पक्राउ परेका क्षेत्रीले सञ्चालन गरेको होस्टेलबाट अनलाइन बेटिङ र सट्टेबाजीसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जुवा कमिसन विवादपछि प्रहरीले सो घटना पत्ता लगाएको थियो ।

यस्तै काठमाडौंको कीर्तिपुरबाट यही माघ ६ गते अनलाइन जुवा तथा ‘मिनी क्यासिनो’ नै सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले पक्राउ गरेका उनीहरूले कीर्तिपुरका फरक-फरक तीन ठाउँबाट विदेशमा जुवा खेलाउने गरेका थिए । गत असार १४ गते ठमेलबाट पक्राउ परेका छ चिनियाँ नागरिकसमेत अनलाइन जुवा सञ्चालक भएको खुलेको थियो । आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ११ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा