२२ भदौ २०८३, सोमबार | September 7, 2026

बागमती किनार अतिक्रमणको चपेटामा



काठमाडौं । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।

समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती थप विस्तार भयो ।

पटक-पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले दुई चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो । समितिका सूचना अधिकारी कमल अर्यालले भने, “गोकर्णदेखि गुह्येश्वरीसम्मको नदी किनार र कोरिडोरको बीचमा रहेका २६ वटा अनधिकृत अस्थायी संरचना भत्काइएको छ, अब दोस्रो चरणमा तिलगङ्गादेखि थापाथलीसम्मका संरचना हटाउन सूचना जारी भएको छ ।”

माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ । तोकिएको समयमा नहटाइए समिति आफैँले हटाउने अर्यालको भनाइ छ । उनका अनुसार तिलगङ्गादेखि थापाथलीसम्म ३१ वटा अनधिकृत स्थायी तथा अस्थायी संरचना रहेको र ती हटाउनका लागि चिह्न लगाइएको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, “नदी किनारका अव्यवस्थित बसोबास थप समस्याका रूपमा वृद्धि भएको छ । विकास निर्माणका काम रोकिएका छन्, पहिलो चरणमा अनधिकृत टहरा भत्काउने छौँ, दोेस्रो चरणमा बस्ती खाली गरिने छ ।” बस्तीले नदीको दायाँ बायाँ किनारमा ढल तथा बाटो निर्माणमा अवरोध भएको उनको भनाइ छ । नदी किनारमा बाढी रोक्न पर्खाल लगाउने काम बस्तीका कारण हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ५१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा