७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

माथिल्लो तामाकोशीबाट पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन



दोलखा । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।

साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार यसरी वितरण गरिएको प्रशासन वरिष्ट प्रमुख पोखरेलले जानकारी दिए ।

मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चलिरहेको छ । मङसिरदेखि जेठसम्म सुख्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु सभाविक रहेको उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह २२० गोँगर-खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती-ढल्केबर चार सय २२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ ।

गत असार महिनामा पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छ वटै युनिट सञ्चालन भएका थिए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : १३ बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली