१ असार २०८३, सोमबार | June 15, 2026

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली प्रदेशको सभ्यता, भाषा र सांस्कृतिक पहिचान संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशबाट सार्वजनिक गरिएको वाचा पत्र कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता साह तथा उपसभापति डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा कर्णाली केन्द्रित वाचा पत्र सार्वजनिक गरेका थिए ।

सो अवसरमा बोल्दै साहले कर्णालीको प्राकृतिक सम्पदा, कृषि उत्पादन तथा ऐतिहासिक महत्वको चर्चा गर्दै कर्णालीले अझै अपेक्षित विकास पाउन नसकेको उल्लेख गरे । उनले डोल्पाको यार्सागुम्बा विश्वभर परिचित भए पनि जुम्लाको प्रसिद्ध मार्सी धान र स्याउ देशका अन्य भागसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उदाहरण प्रस्तुत गर्दै कर्णालीको उत्पादनले उचित बजार नपाएको बताए ।

उनले कर्णाली क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक महत्व उल्लेख गर्दै सिञ्जा भ्याली नेपाली भाषा र खस सभ्यताको उद्गम थलो भएको बताए । “सिञ्जा भ्याली नेपाली भाषा र खस सभ्यताको जन्मस्थल हो। यहाँ आफ्नै जात्रा, चित्रकला र भाषा छ । यस्तो सभ्यता र पहिचान जोगाउने जिम्मेवारी हामीले लिनुपर्छ,” उनले भने, “कर्णालीको सभ्यता र मौलिकता जोगाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न चाहन्छ ।”

साहले कर्णालीमा अझै पनि गरिबी, भोकमरी तथा आधारभूत सेवाको अभाव कायम रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए । उनले महिला तथा बालबालिकाको मृत्युदर अझै उच्च रहेको भन्दै कर्णालीको विकासका लागि संवेदनशील र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे ।

“कर्णालीको गरिबी र भोकमरीलाई राजनीतिक रूपमा प्रयोग गर्ने नेतृत्वबाट जनताले मुक्ति पाउनुपर्छ,” उनले भने, “गरिबी र समस्या बुझ्ने, समाधानका लागि काम गर्ने नेतृत्वलाई जनताले निर्वाचित गर्नुपर्छ ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीको समग्र विकास, सांस्कृतिक संरक्षण, आर्थिक सशक्तीकरण तथा जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : ५१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा