११ कार्तिक २०८३, बुधबार | October 28, 2026

माथिल्लो तामाकोशीबाट पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन



दोलखा । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।

साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार यसरी वितरण गरिएको प्रशासन वरिष्ट प्रमुख पोखरेलले जानकारी दिए ।

मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चलिरहेको छ । मङसिरदेखि जेठसम्म सुख्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु सभाविक रहेको उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह २२० गोँगर-खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती-ढल्केबर चार सय २२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ ।

गत असार महिनामा पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छ वटै युनिट सञ्चालन भएका थिए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : १३ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको