८ बैशाख २०८३, मंगलबार | April 21, 2026

ओमिक्रोन संक्रमणः मृत्यु संख्याले निम्त्याएको प्रश्न



काठमाडौं । नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो ।

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ । यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ ।

संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन् । नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने घटन सकेको छैन ।

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो । त्यस्तै शुक्रबार ११ जनाको मृत्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो ।

चिकित्सकहरू भने कोरोना संक्रमण व्यक्तिको मृत्यु हुनुमा ओमिक्रोन भेरियन्ट मुख्य कारण नभएको दाबी गर्छन्। ओमिक्रोन संक्रमित व्यक्तिहरूमध्ये दीर्घ रोगी भएकाको मात्रै मृत्यु भएको चिकित्सकको दाबी छ । टिचिङ अस्पताल महाराजगञ्जका वरिष्ठ श्वासप्रश्वास तथा छातिरोग विशेष डा. सन्तकुमार दासका अनुसार केही सातादेखि टिचिङ अस्पतालमा भर्ना भइ मृत्यु हुनेमा धेरै जसो दम, क्यान्सर, मुटुरोग, कलेजोका बिरामी छन् । उनीहरू अन्य रोग लागेर उपचारमा आउने गरेको र त्यसक्रममा परीक्षण गर्दा कोरोना पनि देखिएको हो । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ४१ बजे

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ