७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अनेरास्ववियुले गर्‍यो थप आन्दोलनको घोषणा



बुटवल । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग गर्दै सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयअघि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेको भन्दै अनेरास्ववियुले थप कार्यक्रम घोषणा गरेको हो ।

अनेरास्ववियुले मंगलबार रूपन्देहीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका गाडी चल्न रोक लगाउने र २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

सोमबार आन्दोलनका क्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रूपन्दही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल, जिल्ला सदस्य तथा बुटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिर, जिल्ला कमिटी सदस्य गुनबहादुर श्रेष्ठ, बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष गोविन्द रिजाल, सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी अध्यक्ष समिर अधिकारीलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।

नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : १४ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली