१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विदाका दिन चलाइएका सरकारी नम्बर प्लेटका सवारी साधन बिद्यार्थीको कब्जामा



नेपालगन्ज । बिदाको दिन संचालन हुने सरकारी सवारी साधन नियन्त्रण गर्न सरकारी निकायले उदाशिनता देखाएपछि बाँकेमा एमाले निकट अनेरास्ववियुले हस्तक्षेप गरेको छ । बिना प्रयोजन सार्वजनिक विदाका दिन चलाउने सरकारी सवारी साधन नियन्त्रण गर्न प्रशासनले बेवास्ता गरेको भन्दै अनेरास्ववियु बाँकेले आज सडकबाटै सरकारी नम्बर प्लेटका सवारी साधन कब्जामा लिई त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाएको छ ।

अनेरास्ववियु बाँकेको नेतृत्वमा सडकमा खटिएका विद्यार्थीहरुले शनिवारको दिन सडकमा सञ्चालित सरकारी नम्बर प्लेटका गाडी नियन्त्रमा लिँदै चाबी खोसेर ट्राफिक प्रहरीलाई बुझाएका छन् । उनीहरुले बिना प्रयोजन अबका दिनहरुमा सरकारी गाडी सडकमा लिएर नआउन चालकहरुलाई चेतावनी समेत दिएका छन् ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकका अनुसार आज (शनिबार) मात्र नेपालगन्ज्का बिभिन्न स्थानबाट १० वटा सरकारी नम्बर प्लेट भएका मोटरसाइकल र २ वटा गाडी नियन्त्रणमा लिँदै त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाइएको बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं बाँके इञ्चार्ज सुमन घिमिरेको नेतृत्वमा खटिएको टोलीले सार्वजनिक विदाका दिन चलाइएको सवारी साधन नियन्त्रणमा लिइएको हो । सरकारी नम्बर प्लेटका सवारी साधनमाथिको निगरानीलाई निरन्तरता दिईने अनेरास्वबियुले जनाएको छ ।

अनेरास्ववियुका प्रदेश सदस्य विकल भट्टराई, जिल्ला उपाध्यक्ष अमृत खत्री, जिल्ला सचिव विनय यादव लगायत अनेरास्ववियुका नेता कार्यकर्ताहरुले नेपालगन्ज्का सडकमा शनिवारका दिन चलेका गाडी रोक्दै साँचो कब्जामा लिएर ट्राफिक प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान