काठमाडौं । बुधबार बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सरकारको आग्रहअनुसार भोलिको बैठक स्थगित भएको बताइएको छ । संसद बैठकलाई सरकारले विजनेश दिने गर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने योजना बनाएका थिए । तर दलहरुबीच सहमति नभएका कारण भोलिको बैठक स्थगित गरेर थप सहमतिको प्रयास सुरु गर्ने बताइएको छ ।
यसअघि आज दिउँसो संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यसूचीमा एमसीसी टेबल गर्ने विषय भने समावेश थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।
यसअघि माघ १६ गते बोलाइएको बैठक अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।



















प्रतिक्रिया