३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रधानमन्त्री देउवाले सम्झे पूर्व प्रधानमन्त्री सुशिल कोइराला



काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान निर्माणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा आफ्नो ट्वीटर एकाउण्टमार्फत श्रद्धासुमन अर्पण गर्दै प्रधानमन्त्री देउवाले कोइरालाको संविधान निर्माणमा नेतृत्वदायी भूमिका रहेको बताएका हुन् ।

देउवाले कोइरालाले पार्टी र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको समेत उल्लेख गरेका छन् ।

“पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाजीको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु,” उनले लेखेका छन्,“तपाईंले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैँ प्रेरणादायी हुनेछ ।”

नेपालको संविधान २०७२ जारी हुँदा सरकारको नेतृत्व गरेका कोइरालाको विसं २०७२ माघ २६ गते निधन भएको थियो ।

२०७२ माघ २७ देखि २०७२ असोज २३ गतेसम्म कोइराला प्रधानमन्त्री बहाल रहेकै अवस्थामा मुलुकले गणतान्त्रिक संविधान पाएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : २१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको