२४ असार २०८३, बुधबार | July 8, 2026

प्रधानमन्त्री देउवाले सम्झे पूर्व प्रधानमन्त्री सुशिल कोइराला



काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान निर्माणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा आफ्नो ट्वीटर एकाउण्टमार्फत श्रद्धासुमन अर्पण गर्दै प्रधानमन्त्री देउवाले कोइरालाको संविधान निर्माणमा नेतृत्वदायी भूमिका रहेको बताएका हुन् ।

देउवाले कोइरालाले पार्टी र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको समेत उल्लेख गरेका छन् ।

“पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाजीको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु,” उनले लेखेका छन्,“तपाईंले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैँ प्रेरणादायी हुनेछ ।”

नेपालको संविधान २०७२ जारी हुँदा सरकारको नेतृत्व गरेका कोइरालाको विसं २०७२ माघ २६ गते निधन भएको थियो ।

२०७२ माघ २७ देखि २०७२ असोज २३ गतेसम्म कोइराला प्रधानमन्त्री बहाल रहेकै अवस्थामा मुलुकले गणतान्त्रिक संविधान पाएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : २१ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै