२७ आश्विन २०८३, मंगलबार | October 14, 2026

एसईई परीक्षाको तालिका सार्वजनिक



काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ ।

बोर्डको बुधबार बसेको बैठकले ९ गतेदेखि २० गतेसम्म हुने परीक्षा तालिका तय गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस्तै, वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।

वैशाख ९ गते वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले अनुमान गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षदेखि एसईई परीक्षा दुईवर्ष प्रभावित बनेको थियो । विद्यालयहरुले पठाएको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले २०७६ र २०७७ को नतिजा प्रकाशित गरेको थियो ।

नियमित रुपमा एसईई हरेक वर्षको चैत महिनामा हुने गर्दथ्यो । यसवर्ष पनि विद्यालयको कक्षा प्रभावित भएका कारण त्यसलाई पूर्णता दिन एक महिना ढिलो बैशाखमा परीक्षा हुन लागेको हो । बोर्डले स्थानीय तह निर्वाचन अघि नै परीक्षा सक्ने योजनाका साथ बैशाख ९ को मिति तय गरेको छ ।

 

हेर्नुहोस् परीक्षा तालिका

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : १८ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो