७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

राखेपमा बाधा अड्काउ फुकाउ, कार्यकारी अधिकार सहसचिव पोखरेललाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव मुद्दा सर्वोच्च अदालतमा अडकिएपछि सरकारले बाधा अड्काउ फुकाएको छ ।

राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हो ।

यो निर्णय गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भएको हो ।

राखेप सदस्यसचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय गरेअनुसार पोखरेलले जिम्मेवारी पाएका हुन् ।

राखेपप दुई महिनादेखि राखेप सदस्यसचिवविहीन छ । सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्यसचिव पदबाट बर्खास्त गरेर टंकलाल घिसिङलाई नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।

तर, सिलवालले सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएको छ । अदालतले सिलवालको पदमुक्तिको निर्णय र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्न भनेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : ०३ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली