२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

नेपालगन्जमा जिल्ला खेलकुद र राखेपबीच लफडा, निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रदेश खेलकुदमा तालाबन्दी



नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषदले नेपालगन्ज रङ्गशालामा लगाएको ठेक्कामा भ्रष्टाचार भएको भन्दै बाँके जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले आन्दोलनको घोषणा गरेका छन् । नेपालगन्ज रङ्गशालामा गुणस्तर नियन्त्रणविनै गुणस्तरहिन काम भइरहेको आरोप लगाउँदै जिल्ला समितिका पदाधिकारीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

गुणस्तरहिन काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराउँदा पनि राखेपबाट सुनुवाई नभएपछि जिल्ला खेलकुद विकास समितिका खेल पदाधिकारीहरुले आन्दोलन गर्न बाध्य हुनु परेको उनीहरुले बताएका छन् ।

गुणस्तरहिन काम भएको भन्दै यसअघिनै निर्माणकार्य रोक्ने चेतावनी दिएका जिल्ला अध्यक्ष सन्दीपजंग शाहलाई राखेपबाट खटाइएका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि जिल्लाले कारबाहीका लागि राखेपको ध्यानाकर्षण गराएको अध्यक्ष शाहले बताए । ध्यानाकर्षणको कहिंकतै सुनुुवाई नभएपछि आन्दोलनको अवस्था आएको शाहले बताए ।

उनले रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको आरोप पनि लगाए । ‘कार्यक्षेत्रमा १० लाखको पनि काम भएको देखिँदैन, तर ठेकेदारले करोड बढी भुक्तानी लगेको सुन्नमा आएको छ,’ उनले भने, ‘अनियमितताको अनुगमन र कारवाही नभए अख्तियारमा जान्छौं ।’

रङ्गशालाको एथलेटिक्स सेन्थेटिक ट्रयाक निर्माण गर्न प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो । राखेपले निगरानीका लागि इन्जिजियर चिरन्जिवी लम्साललाई खटाएपनि उनी कहिल्यै साईड हेर्न नजाने र कार्यालयमा पनि नबस्ने गरेको अध्यक्ष शाहको आरोप छ । साईडमा उपस्थित नभएका इ. लम्सालले १० लाखको पनि काम नभएको अवस्थामा करोड बढी भुक्तानिको सिफारिस गरेको पदाधिकारीले आरोप लगाएका छन् । साइडमा ३० मिटर नाला बनाउने बाहेक अन्य प्रगति नभएको शाहले बताए ।

काममा अनियमितता भएको र राखेपबाट अनुगमन नभएको विषयमा संघीय खेलकुद मन्त्री सम्मपनि गुहार मागिएको बताउँदै शाहले अनुगमनमा कडाई गर्नुपर्नेमा पुनः काम नगर्ने इन्जिजियर पठाएका कारण आन्दोलन गर्नु परेको बताए । ‘बाध्य भएर प्रदेश खेलकुद कार्यालयमा तालाबन्दी गरेका छौं ।’ अध्यक्ष शाहले भने, ‘राम्रो अनुगमन व्यवस्था नगरिए निर्माणसमेत रोक्छौं ।’

प्रदेश खेलकुदको कार्यालयमा ताला लागेपछि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई नेपालगन्ज पुगेका छन् । घटनाका सम्बन्धमा कार्यक्षत्रामा पुगेर मात्र केही भन्न सकिने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापाले बताए । ‘सदस्य सचिव आउनु भएको छ, हामी निर्माण स्थल जाँदैछौं , त्यसपछि नै केही भन्न सकिएला ।’ उनले भने ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २८ बजे

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको

आजको मौसम : लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा