८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

आजबाट विद्यालय खुले, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै



काठमाडौं । कोभिड-१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन् ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो ।

सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिश गरेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिश गरेको थियो ।

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सकिने भएको छ ।

त्यस्तै, आजबाट रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन हुनेछन् ।

डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ३६ बजे

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् : शंकर पोखरेल

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झण्डा जलाउने जस्ता

युएईद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र

लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकास्थित चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि