३१ श्रावण २०८३, आइतबार | August 16, 2026

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे



पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पाको समग्र विकास र अधुरा योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रूपन्देही निर्वाचन परिचालन सम्पर्क कमिटीले आयोजना गरेको मतदाता भेटघाट तथा अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो धारणा राखेका हुन ।

निर्वतमान सांसदसमेत रहेका गैरेले पाल्पाली जनताको हितका लागि आफू जस्तोसुकै अवस्थामा पनि समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा सुरु भएका ठूला परियोजनाहरू सम्पन्न गर्न सूर्य चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे ।

आगामी आर्थिक वर्षभित्रै सिद्धबाबा सुरुङमार्गबाट सर्वसाधारणले सुरक्षित यात्रा गर्न पाउने दाबी गर्दै उनले भने, “हार्थोक–छहरा मोटरबाटोका लागि बजेट सुनिश्चित भइसकेको र रिडीदेखि रानीमहलसम्मको बाटो पिच भैसकेकोलेराम्दीदेखि रानीमहलसम्मको सडकका लागि १ अर्ब ४८ करोड बजेट विनियोजन भई काम तीव्र गतिमा भइरहेको छ ।“ यसबाहेक उनले तानसेनको खानेपानी समस्या समाधान, ऐतिहासिक भगवती मन्दिर निर्माण र पर्यटकीय क्षेत्रको विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताए । विशेषगरी कुसुमखोला, पालुङ्ग मैनादी, पेलाबास र अमलाबास समेटिएको ’छहरा सुन्तला कोरिडोर’ निर्माणको कामलाई पूर्णता दिन एमालेको जित आवश्यक रहेको उम्मेदवार गैरेको भनाइ थियो ।

कमिटीका संयोजक रामचन्द्र बस्यालले समग्र पाल्पाको विकासमा नेकपा एमालेको भूमिक महत्वपूर्ण रहेकोले रुपन्देहीलाई कर्मथलो बनाइ बसोबास गर्ने एमालेका शुभेच्छुकहरु आआफ्नो स्थानबाट एमाले जिताउने अभियान चलाएर समृद्ध पाल्पा निर्माण सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा युवा नेता बाबुराम बोहोराले जीविको पार्जनका लागि पाल्पाबाट बुटवल आएरर पनि विभिन्न तहबाट पार्टीलाई साथ र सहयोग रहेको भन्दै जन्मभूमि फर्कन चाहने उद्योगी व्यवसायीलाई सिद्धबाबा सुरुङ्गमार्ग निर्माण भएसंगै छोटो दूरीले सहज पुग्ने बताउँदै त्यसका लागि एमालेलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रममा पाल्पा क्षेत्र नं. २ बाट समानुपातिक उम्मेदवार ठानेश्वर बस्याल , संविधान सभा सदस्य नारायणी शर्मा, पार्टी पाल्पा क्षेत्र नं. २ का अनुगमन तथा निर्देशन कमिटीका संयोजक धनेन्द्रराज घिमिरेलगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : १९ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच