२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागमतीबाट चार मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौं । बागमती सफाइ महाअभियानको शनिबार ४५७ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइका अवसरमा बागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, बागमती फोहर उन्मुलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीको पनि सफाइमा सहभागी थिए ।

यसैगरी मनोहरा सफाइ अभियानको २५६ औं हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ अभियान जारी छ । हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी बागमती किनारमा सक्रिय हुने गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले