६ पुस २०८२, आइतबार | December 22, 2025

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ । बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ ।

‘जसको कारण न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको छ, उनलाई महाअभियोगको प्रस्ताव अघि बढाउनु स्वागतयोग्य कदम हो,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

बारले राणालाई बहिर्गमन गर्नुको कारणसहित दलहरूलाई १७ बुँदे आधार दिएको थियो । बारले राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण दलहरूलाई दिएको र सोही आधारमा यो प्रस्ताव अघि बढेको उनको दाबी छ । सदनबाट उक्त प्रस्ताव पास गराएर न्यायपालिका सुधारका लागि सहयोग गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई श्रेष्ठले आग्रह पनि गरेका छन् ।

राणाको बहिर्गमनको माग गर्दै बार १०७ दिनदेखि आन्दोलनमा छ । जबराको बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।प्रधानन्यायधीश राणाविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : ३५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको