८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

प्रधानन्यायाधीशविरुद्धको महाभियोगको विपक्षमा कमल थापा, देखाए तीन कारण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियाेग ल्याइएकाे दाबी गरे ।

साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन नेपाली कांग्रेसकाे स्वार्थ रहेकाे बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीकाे माैन समर्थन रहने सर्तमा महाभियाेग प्रस्तावमा राजी भएका हुन् । अर्थात एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएकाे तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।

त्यस्तै, थापाले दाेस्राे कारणमा सभामुख अग्निप्रसाद सापकाेटाविरुद्ध विचाराधीन मुद्दा रहेकाे बताएका छन् । द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकाेटालगायत केहीविरुद्धकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । याे मुद्दालाई थापाले माओवादी स्वार्थ भनेका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेकाे बताएका थिए । तर, याे विषयमा सभामुखले निकास नदिएपछि सर्वाेच्चमा मुद्दा परेकाे छ । याे विषयमा एकीकृत समाजवादीकाे स्वार्थ रहेकाे उनले बताएका छन् ।

थापाले लेखेका छन्- ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ५५ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर